काठमाण्डौंः हेरुका लामाको प्रस्तुति रहेको ‘चम चम’ बोलको तामाङ सेलो गीत सार्वजनिक भएको छ । बौद्धको रेस्टुरेन्टमा एक कार्यक्रम बिच गीतको अफिसियल भिडियो सार्वजनिक गरिएको हो।
प्रतीक मोक्तानको शब्द एवम् जोगलाल लामाको संगितसंगै एरेन्ज रहेको यस गितमा बेनु लामा र सिर्जना स्याङ्तानले स्वर दिएका छन् ।
उक्त गितको भिडियोमा हेरुका लामा, निरन्जली लामा, राजिव लुङ्वा र सबु गोलेको अभिनय रहेको छ भने अतिथि कलाकारको रुपमा तामाङ चलचित्र क्षेत्रका मेघा स्टार, अमिर दोङ, रमेश बुढाथोकी, संजय थापा, रबिन्द्र खड्का, संजिब वाइवा र सिताराम वाइवा रहेका छन्।
सार्वजनिक गितको भिडियोमा रोनिश तामाङको छायांकन, हेरुका लामाको निर्देशन र कोरियोग्राफी,तारा थापा किम्भेको सम्पादन, राजेश कुमारको रङ्ग सम्पादन,किम्भे प्रोडकसन र भिडियो बैंकको निर्माण समायोजन रहेको छ भने उक्त गितको भिडियोलाई पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका छन् भने सह निर्माण सिताराम वाइवा र संजिप वाइवाले गरेका छन्।
गीतको भिडियोलाई हेरुका लामा नामक अफिसियल युटब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया