असार २५, २०८२ बुधबार July 9, 2025

भत्ताको रकम खेलकुद सामग्रीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गर्नुभएको छ । उहाँले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराउनुभएको हो ।

रु १३ हजार ४७० र अपुग रु २० हजार रकम व्यक्तिगतरूपमा व्यवस्था गरी खेलकुद सामग्री उपलव्ध गराइएको उहाँले जानकारी दिनुभयो । “वडाका युवाको रुचिअनुसारका खेलकुदका सामग्री उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “अझै खेलकुदप्रति युवाहरुको आकर्षण बढाउनका लागि वडाको बजेट परिचालन गर्छौँ ।”

युवामा खेलकुदप्रतिको रुचि बढ्दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिनका लागि भत्ताको रकम खर्च गर्नुपरेको उहाँको भनाइ छ । “जनप्रतिनिधि भनेको जनताले काम गर्नका लागि पठाएका व्यक्ति हुन्”, उहाँले भन्नुभयो, “जनताको तिरोबाट उपलब्ध गराइएको भत्ताको रकम जनताकै असल कार्यका लागि खर्च गर्न पाउँदा खुशी लागेको छ ।”

नगरपालिकाबाट पाइने सुविधावापतको रकम अझै जनताकै लागि खर्च गर्ने आगामी योजना रहेको उहाँले बताउनुभयो । यसअघिसमेत वडाध्यक्ष महराले नगरपालिकाबाट पाइने भत्तावापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । साथै उहाँ जुवातास नियन्त्रण, चेलीबेटी बेचबिखन र बालविवाह रोक्नका लागि वडामै सचेतना कार्यक्रमसँगै त्यस्ता कार्यमा संलग्नको सेवा–सुविधा रोक्नेलगायत कार्य गरी चर्चामा समेत आउनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार