असार २५, २०८२ बुधबार July 9, 2025

टी-ट्‍वान्टी विश्वकप क्रिकेटः भारतको सहज जीत, सेमिफाइनलको सम्भावना कायमै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जारी टी-ट्‍वान्टी विश्वकप क्रिकेट अन्तर्गत स्कटल्याण्डलाई आठ विकेटले पराजित गर्दै भारतले आफ्नो सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती टस हारेर पहिलो ब्याटिङ थालेको स्कटल्याण्ड १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८५ रनमा समेटिएको थियो ।

स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाएका थिए । भारतका लागि स्पीनर बलर रविन्द्र जडेजाले १५ रन खर्चिएर तीन विकेट र तीव्रगतिका बलर महम्मद सामीले तीन विकेट लिंदै स्कटल्याण्डलाई सस्तैमा समेटेका थिए ।

जीतका लागि ८६ रनको सामान्य लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको भारतले ६ दशमलव ३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै स्कटल्याण्डमाथि सानदार जीत निकालेको हो ।

भारतका लागि ओपनर लोकेस राहुलले १८ बलमै ५० रनको अर्धशतकीय पारी खेलेका थिए । यो जीतसँगै भारत तस्रो स्थानमा उक्लिएको छ । भारतले अब आफ्नो अन्तिम खेल नामिबियासँग खेल्नेछ ।

गएराती सम्पन्न अर्को खेलमा भने न्युजिल्याण्डले नामिबियालाई ५२ रनले पराजित गर्दै समूह दूईको दोस्रो स्थानमा उक्लिएको हो ।

आजको खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजसँग दिउँसो ३.४५ बजे खेल्दैछ भने इङ्ल्याण्डले साउथ अफ्रिकासँग साँझ ७.४५ बजे प्रतिस्पर्धा गर्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार