असार २५, २०८२ बुधबार July 9, 2025

टि-२० विश्वकप : भारतलाई पछि पार्दै न्यूजिल्यान्ड सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः न्युजिल्यान्डले भारतलाई पछि पार्दै आईसिसी टि-२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन् ।

अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसको सुरुवात खराब रह्यो । ओपनर मोहम्मद शाहजाद २ र हजरातुल्लाह जजई मात्र ४ रनमा आउट भए । तेस्रो विकेटका रुपमा रहमानुल्लाह गुरबाजी ६ रनमा आउट हुँदा अफगानिस्तानको स्कोर मात्र १९ रन थियो ।

पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका नजीबुल्लाह जदरानले आक्रामक पारी खेले । चौथो विकेटका लागि गुलाबुद्धिन नाबीसँग ३७ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि मोहम्मद नाबीसँग ५९ रनको साझेदारी गरे । गुलाबुद्धिन नाबी १५ र मोहम्मद नाबी १४ रनमा आउट भए ।

छैटौं विकेटका रुपमा आउट भएका जदरानले ७३ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हानेका थिए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर ३ तथा टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एडम मिल्न, जेम्स निशाम र इश सोधीले समान एक विकेट लिए ।

न्युजिल्यान्ड तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो । सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

आज हुने दोस्रो खेलको नतिजाले समूह २ को विजेता र उप विजेताको निर्धारण हुनेछ । आज राती पाकिस्तान स्कटल्यान्डसँग पराजित भएमा न्युजिल्यान्ड समूह विजेता बन्नेछ । पाकिस्तान विजयी भएमा समूह विजेता बन्नेछ । इंग्ल्यान्डले समूह २ को उपविजेता र अष्ट्रेलियाले समूह २ को विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार