असार २३, २०८२ सोमबार July 7, 2025

तान्जानियामा किन महिलाले गर्छन् महिलासँग विवाह ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तान्जानियाको एउटा जनजाति समुदायमा महिलाले महिलासँगै बिहे गर्ने परम्परा छ । झट्ट हेर्दा समलिंगी परम्पराजस्तो देखिए पनि यसरी बिहे गर्ने महिला समलिंगी चाहिँ होइनन् ।

यसरी गरिने बिहे सम्पत्तिमाथि महिलाको स्वामित्व सुनिश्चित गर्न हो । महिलासँग बिहे गरेपछि पुरुषसँगको बिहे प्राविधिक खालको मात्र हुन्छ । अर्थात्, सन्तानोत्पादन र घरजम बसाउनका लागि महिलाले पुरुषलाई अपनाउँछन्, तर उनीहरूको बिहे चाहिँ महिलासँगै हुन्छ ।

यसो गर्दा घरको सम्पत्तिमाथि पुरुषले दाबी गर्न पाउँदैन । ‘यहाँका महिला सम्पत्तिमाथिको अधिकारलाई आफ्नो हातबाट फुत्किन दिने पक्षमा छैनन्, यसैकारण उनीहरूको समुदायमा पुरुषसँगको औपचारिक विवाह खारेज हुन पुगेको छ,’ समाचारमा भनिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया