श्रावण २६, २०८३ मंगलबार August 11, 2026

मङ्सिर १ बाट स्मार्ट लाइसेन्स वितरण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्मार्ट सवारी लाइसेन्स वितरणको काम मङ्सिर एक गतेबाट हुने भएको छ । विभागले समयमै कार्ड छापेर वितरण गर्न नसक्दा लामो समयदेखि लाइसेन्स वितरणको काम रोकिएको छ । कोभिड महामारीका कारण स्मार्ट लाइसेन्स छपाइको काम ढिलो भएको यातायात विभागका प्रवक्ता लोकनाथ  भुषालले बताए ।

अहिले पाँच लाख ८० हजार स्मार्ट कार्ड छाप्न बाँकी रहेको उनले बताए । १४ लाख नयाँ स्मार्ट कार्ड फ्रान्सेली कम्पनी आइडिमियाले विभागलाई उपलब्ध गराउन लागेको पनि उनले बताए । फ्रान्सेली कम्पनीले विभागलाई कार्ड उपलब्ध गराउने र सोही कार्डमा विभागले सेवाग्राहीको विवरण छापेर दिने उनले बताए ।

यी कार्डहरु फागुन मसान्तसम्म विभागले आइपुग्ने भुषालले जानकारी दिए । उनका अनुसार अब आउने कार्डले आगामी असारसम्मको माग धान्न सक्छ ।

विभागले यसअघि करिब २७ करोड रुपैयाँ खर्च गरेर छापेको ३४ लाख स्मार्ट लाइसेन्स काम नलागेपछि विकल्पका रूपमा अस्थायी लाइसेन्स वितरण गरिएको थियो । क्युआर कोडसहितको यो अस्थायी लाइसेन्स एक वर्षको लागि जारी गरिएको विभागले जनाएको छ ।

‘अहिले हामीले वितरण सुरु गरेको अस्थायी परीक्षणकालीन लाइसेन्समा क्युआर कोडसहितको बार छ,’ भुसालले भने, ‘उक्त क्युआर कोड स्क्यान गर्नका लागि मोबाइल एप समेत बनाइएको छ ।  एपमार्फत ट्राफिक प्रहरीले स्क्यान गरेर उक्त लाइसेन्स सक्कली हो वा होइन भन्ने छुट्याउन सक्छन् ।’ – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार