काठमाण्डौंः आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले हराएको छ । सुपर १२ अन्तर्गत समूह २ अन्तर्गतको खेलमा भारतले नामिवियालाई ९ विकेटले हराएको हो ।
१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहूलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे । नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया