असार २५, २०८२ बुधबार July 9, 2025

आइसीसी टी-ट्‍वान्टी विश्वकप क्रिकेटः पाकिस्तानलाई पछि पार्दै अष्ट्रेलिया फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आइसीसी टी-ट्‍वान्टी विश्वकपमा अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै दोस्रोपटक फाइनलमा स्थान बनाएपनि टी-ट्‍वान्टी विश्वकपको उपाधी भने उचाल्न सकेको छैन । दुबई इन्टनेशनल स्टेडियममा टस हारेर पहिलो ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा चार विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर महम्मद रिजवानले सर्वाधिक ६७ रन र फखर जमानले अविजित ५५ रनको पारी खेलेका थिए ।

जितका लागि १७७ रनको बलियो लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले १९ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै एक ओभर अगाडि नै जीत आफ्नो पक्षमा बनाएको हो ।

अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ४९ रन बनाएका थिए भने म्याथु वाइडले १७ बलमा ४१ रनको अविजित पारी खेल्दै अष्ट्रेलियालाई जीत दिलाएका थिए । अष्ट्रेलिया दोस्रोपटक टी-ट्‍वान्टी विश्वकपको फाइनलमा पुगेको हो । यसअघि अष्ट्रेलिया सन् २०१० को फाइनलमा इङ्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।

अब अष्ट्रेलियाले फाइनल खेल न्युजिल्याण्डसँग खेल्नेछ । यी दुवै देशका लागि टी-ट्‍वान्टी विश्वकपको उपाधी भने पहिलो हुनेछ । फाइनल खेल आउँदो आइतबार दुबई इन्टरनेशनल स्टेडियममा साँझ ७.४५ बजेबाट खेलिने कार्यक्रम रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार