त्यस्तै पुरुषतर्फ पातारासी गाउँपालिकाको टिमले हात पारेको छ । गुठीचौर गाउँपालिकाको वडा नम्बर ५ त्रिभुवन मावि झारज्वलामा जिल्ला स्तरीय तीन दिने भलिबल प्रतियोगिता भएको थियो । पुरुषतर्फ तिला गाउँपालिका द्वितीय भएको छ । मुख्यमन्त्री कपका लागि जिल्लामा महिला र पुरुषको टोली छनोट गरिएको थियो ।
पुरुष भलिबलमा पातारासी गाउँपालिकाले जिते पनि मुख्यमन्त्री कपमा ६ वटै पालिकाबाट खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जुम्लाले जनाएको छ । प्रथम हुने टिमले ५० हजार नगद, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
द्वितीय टिमले ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका जिल्ला खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगीता आचार्यले बताइन् ।
खेलका सर्वोत्कृष्ट पुरुषतर्फका खेलाडी पातारासीका हर्क बुढा र महिलातर्फकी तातोपानी गाउँपालिकाकी देवकी देवकोटालाई प्रमाण पत्रसहित सम्मान गरिएको छ । दिलमाया शाही/न्युज कारखाना
प्रतिक्रिया