काठमाण्डाैंः जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिन पिङ र संयुक्त राज्य अमेरिकी समकक्षी जो बाइडेनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आगामी सोमवार वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।
ह्वाइट हाउसले एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको पुष्टि गरेको छ । छलफलमा दुवै शीर्ष नेताले आपसी समस्या समाधान र एक अर्काको चासोका विषयमा कुराकानी गर्ने तयारी छ ।
पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुवै देशबीच विवाद बढेको हो । तर स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको सम्मेलन कोप–२६ मा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका दुई ठूला देश चीन र अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने प्रतिबद्धता जनाएसँगै हुन लागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।- एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया