असार २४, २०८२ मंगलबार July 8, 2025

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि गरे प्रस्ताव दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन् ।

दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दीप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन् ।

मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए ।

गत १६ कात्तिकमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

मंगलबार विश्वासको मत लिएपछि मात्र उनले सरकार विस्तार गर्ने अभिव्यक्ति दिँदै आइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया