असार २५, २०८२ बुधबार July 9, 2025

टी-२० विश्वकप : ४५ मध्ये ३० खेल टस जित्ने टिमकाे पक्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः यूएई र ओमानमा करिब एक महिनासम्म चलेको टी-२० विश्वकप आइतबार सकिएको छ। १६ टोलीबीचको प्रतिस्पर्धामा अस्ट्रेलिया च्याम्पियन बन्दै इतिहास रच्यो। आइतबार भएको फाइनल खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै ठूलो जित हात पार्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको हो।

प्रतियोगिता सकियो, तर योसँगै एउटा ठूलो प्रश्न बाँकी छ। किनभने प्रतियोगिताको सुरुदेखि फाइनलसम्ममा अधिकांश टस जितेको टीमले खेल जिते । सुपर-१२ मा समेत यो ‘ट्रेन्ड’ चलिरह्यो। त्यसैले अहिले गम्भीर प्रश्न उठ्न थालेका छन्।

टस जितेर बलिङ गर्ने र जित्ने पक्का ?

टी-२० विश्वकप २०२१ को ४५ खेलमा ३० खेल जितेको टोलीले टस जिते। यस्तो अवस्थामा ६० भन्दा बढी खेलमा टस नै सबैभन्दा ठूलो राजा साबित भयो। फाइनल खेलिएको रंगशाला अर्थात् दुबई इन्टरनेसनल स्टेडियममा जम्मा १३ खेल खेलिएको थियो । ११ खेलमा टिमले टस जितेर ब्याटिङ गरेका थिए। दुई खेलमा मात्र टस हारेको टोलीले जित निकाल्यो।

दुबई इन्टरनेसनल स्टेडियममा खेलिएका १३ खेलमध्ये १२ खेल पहिले बलिङ गर्ने टोलीले जितेको थियो। जसले यसअघि बलिङ गरेका थिए। फाइनल खेलमा पनि यस्तै केही देखियो, अस्ट्रेलियाका कप्तान आरोन फिन्चले टस जितेर र अन्त्यमा अस्ट्रेलियाले जित निकाल्यो। यही कारणले गर्दा हरेक विज्ञले फाइनलभन्दा पहिले टस महत्वपूर्ण हुने भनिरहेका थिए। आईसीसी प्रतियोगिताबाट सबै टोलीले समान अवसर पाउने अपेक्षा गरिएको छ। जुन द्विपक्षीय शृंखलामा सम्भव छैन। किनभने त्यहाँ पिच, मौसम र वातावरणको फाइदा हुन्छ। जसमा आईसीसी प्रतियोगितामा हरेक टिमले फाइदा पाउँछन् तर यस टी-२० विश्वकपमा यस्तो विरलै भयो। टस कसैको हातमा नभए पनि टस जित्दा खेल जित्ने निश्चित भयो।

सेमिफाइनल र फाइनलको अवस्था उस्तै 

सुपर-१२ राउन्डबाहेक नकआउट खेललाई हेर्दा यहाँ पनि टस राजा साबित भयो। पहिलो सेमिफाइनल न्युजिल्यान्ड र इंग्ल्यान्डबीच खेलिएको थियो। अबुधाबीमा भएको उक्त खेलमा न्युजिल्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गर्‍याे । न्युजिल्यान्डले खेल जित्यो र इंग्ल्यान्डको विश्वकप जित्ने सपना चकनाचुर भयो।

सेमिफाइनल-२ मा अस्ट्रेलिया र पाकिस्तानबीच खेल भएको थियो। दुबईमा भएको खेलमा पनि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। र, पाकिस्तान पराजित भयो। पूरै प्रतियोगितामा एक खेल पनि नहारेको पाकिस्तान सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै विश्वकपबाट बाहिरियो।फाइनलमा अस्ट्रेलियाका कप्तान आरोन फिन्चले पनि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। र, बिना दबाबकाबीच न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि हात पार्न सफल भए।

सुनिल गावस्करले प्रश्न उठाए

पूर्व क्रिकेटर सुनिल गावस्करले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सबै कुरा टसबाट तय हुने ? भन्दै प्रश्न उठाएका छन्। गावस्करले यस्ता ठूला प्रतियोगितामा आइसीसीले ध्यान दिनुपर्ने बताए। गावस्करभन्दा पहिले रवि शास्त्री, भरत अरुणले पनि भारतको म्याचमा टस र पहिले ब्याटिङ गर्दा सामना गर्ने समस्याको बारेमा कुरा गरेका थिए।

भारतले समूह चरणमा खेलेका पाँच खेलमा पहिलो दुई खेल हारेको थियो। उक्त दुवै खेलमा विराट कोहलीले टस हारेका थिए। अफगानिस्तानसँगको एउटा मात्र खेलमा भारत टस हारेर खेल जितेको थियो। तर, उक्त खेलमा म्याच फिक्सिङको आरोपसमेत लागेको थियो। भारतले स्कटल्यान्ड, नामिबियाविरुद्ध पनि टस जितेको थियो भने खेल पनि जितेको थियो। -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार