असार २५, २०८२ बुधबार July 9, 2025

लिग सुरु नहुँदै तालिका हेरफेर, प्रत्येक दिन ‘फ्लड लाइट’मा खेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ मसिंरबाट सुरु हुने ए डिभिजन लिगको तालिका हेरफेर गरेको छ ।

मंगलबार एन्फाले शीर्ष डिभिजनको लिग सुरु नहुँदै तालिका हेरफेर गरेको हो । यसअघि लिग २७ कात्तिकमा सुरु हुने तय भए पनि सारिएर ३ गतेलाई पुर्‍याएको थियो । जहाँ दुई चरणका खेल पूर्ण रुपमा सार्वजनिक भएको थियो । दुई चरणको खेललाई मात्रै एन्फाले हेरफेर गरेको छ ।

लिग सुरु नहुँदै हेरफेर भएको तालिकामा भने हप्तामा ४ दिन खेल राखिएको छ । उद्घाटनको दिन एकमात्रै खेल हुनेछ । जसमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन् । यसपछि भने एन्फाले प्रत्येक दिन २ खेल तोकेको छ ।

एन्फाले हप्तामा ४ दिन खेल हुने तालिका सार्वजनिक गरेको हो । शुक्रबार, शनिबार, आइतबार र सोमबारमात्रै लिगको  खेल हुने गरि तालिका सार्वजनिक गरिएको छ ।

नयाँ तालिकाअनुसार प्रत्येक दिन पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल पौने ५ बजे सुरु हुनेछ ।

यस्तै एन्फाले निकालेको दुबै चरणको खेल दशरथ रंगशालामा हुनेछ । यसअघि एन्फाले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको थियो ।

यस सिजनको लिगको लागि एन्फाले सामान्यतर्फ १ सय र भीआईपी तर्फ ५ सयको टिकट मुल्य तोकेको थियो । दुई टोली रेलिगेशन पर्ने लिगको विजेताले ७५ लाख पाउँदा उपविजेताले ५० लाख पाउनेछ ।-न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार