असार २५, २०८२ बुधबार July 9, 2025

प्रकाश दाहाल स्मृति बक्सिङको क्वार्टरफाइनल समीकरण पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एपीएफका पुरन राई र नेपाल आर्मी ‘बी’का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे ।

उक्त तौल समूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदीविरुद्ध वाकओभर पाए । एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामीलाई पराजित गर्दा कंचनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्याललाई हराए ।

भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपालीविरुद्ध वाकओभर पाउँदा बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका सुलभ मालाकारलाई हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङलाई पराजित गर्दा बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राईलाई हराए ।

आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरीलाई पराजित गर्दा दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निशान दासलाई पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।

पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाकओभर पाएर क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वार्टरफाइनल पुगे ।- न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार