असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न बामदेव द्धारा अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।

नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए ।
‘प्रचण्ड कमरेडले दुई जनाबारे के गर्ने पहिला यसमा छलफल गरौं भन्नुभयो’ एक नेता भन्छन्, ‘केपी कमरेडले यसमा छलफल नै गर्नुपर्दैन, निर्णय गरौं भन्नुभयो ।’

तर नेता गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन आफ्नै शर्त रहेको बताएका छन । आफू प्रधानमन्त्री हुने राष्ट्रियसभामा जाने भन्दै उनले संविधान संशोधन गर्नुपर्ने शर्त राखेका छन ।

तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरेका छन । उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने र गौतम अहिले प्रधानमन्त्री बन्न पनि सम्भव नभएको ओलीले बताएका छन ।

त्यसो भए उम्मेदवार नबन्ने नेता गौतमले बताएका छन । अर्का नेता श्रेष्ठले भने आफ्नो आकांक्षा नभएको तर पार्टीले अहिले राष्ट्रियसभामा गएर भूमिका खेल भन्छ भने त्यसमा शर्त नराख्ने बताएको एक नेताले सुनाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार