असार २४, २०८२ मंगलबार July 8, 2025

ललितपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले हटायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ललितपुरको पाटनस्थित गावाहलमा शनिबार बिहान भेटिएको शंकास्पद वस्तु सेनाले हटाएको छ।

ललितपुर महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार मंगलबजार र पुलचोकबीचमा पर्ने सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले केहीबेरअघि सुरक्षित रूपमा हटाएको हो।

‘मेटासिडको भाँडोमा टेप बेरेर बमजस्तो बनाएर राखिएको वस्तु रहेछ,’ एसएसपी राईले भने, ‘समाजमा त्रास फैलाउन कसैले त्यस्तो गरेको देखियो।’

आज बिहान ८ बजे शंकास्पद वस्तु देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसलगत्तै ललितपुर प्रहरी परिसरबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली गएर त्यो वस्तु भेटिएको स्थानलाई सुरक्षित राखेको थियो।

‘त्यसपछि हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्यौं,’ एसएसपी राईले भने, ‘सेनाले सुरक्षित रूपमा त्यसलाई निष्क्रिय पार्ने क्रममा बम नभएको पुष्टि भयो।’

कुनै पनि शंकास्पद वस्तु देखिएपछि प्रहरी आफैंले जोखिम नलिने उनले बताएका छन। उनले भने, ‘हामी त्यसलाई सुरक्षित ढंगले निष्क्रिय पार्न सेनाको सहयोग लिन्छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार