असार २६, २०८२ बिहिबार July 10, 2025

यू–१९ छनोटः २४ खेलाडी बन्द प्रशिक्षणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वाइवाइ उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ती खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । कात्तिक २४ देखि मङ्सिर १ गतेसम्म छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २४ जनाको नामावली निकालेर प्रादेशिक क्रिकेट सङ्घलाई बुझाएको हो । छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकोमा कैलालीलाई हराउँदै कञ्चनपुरले उपाधि हात पारेको थियो ।

बन्द प्रक्षिक्षणका लागि बोलाइएका खेलाडीमा राहुल चन्द, अनुराग सिंह, मिलन बोहरा, आकाश चन्द, हेमन्त धामी, आशिष भट्ट, अर्जुन सिंह साउँद, राहुल भण्डारी, कैलाश ऐर, अनिल थापा र सञ्जय बोहरा रहेका छन् । यस्तै खडकबहादुर बोहरा, भूपेन्द्र चन्द, नरेन भट्ट, शेर मल्ल, नारायण जोशी, नरेन साउँद, अर्जुन साउँद, वसन्त कार्की, सङ्गीत बुढाथोकी, दीपक टमटा, वीरेन्द्र बम, वीरेन्द्र नाथ र गजेन्द्र बोहरालाई पनि बन्द प्रशिक्षण बोलाइएको छ ।

बन्द प्रशिक्षण शुक्रबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन भएको प्रदेश प्रशिक्षक खेमराज भट्टले बताउनुभयो । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमुनिको टोली बनाइने भएको छ । उक्त टोलीले उन्नाइस वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ७ गतेदेखि काठमाडौँमा उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार