श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अमेरिकाले एमसीसी लागू गराउन किन झकझाइरहेछ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले राजनीतिक दलका नेतालाई एमसीसी छिटो पारित गर्न अल्टिमेटम दिएर गएका छन् । नेपालको धारणा स्पष्ट बनाउन सहायक विदेशमन्त्री लुले दलका नेताहरूलाई भेटेर भनेका छन् । यसअघि एमसीसी उपाध्यक्ष फातिमा सुमारले एमसीसीको विषय कहिले कार्यान्वयन हुन्छ ? भनेर राजनीतिक दलसँग प्रश्न गरेकी थिइन् ।

एमसीसी उपाध्यक्ष सुमारपछि अमेरिकी सहायक विदेशमन्त्री लुले नेपाल भ्रमण गरेका हुन् । सहायक विदेशमन्त्री डोनाल्ड लुले सडक र ऊर्जा पूर्वाधार विकासका लागि अनुदान दिनेगरी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता स्वीकार गर्ने वा नगर्ने अधिकार नेपालसँग रहेको प्रस्ट्याएर गएका छन् । एमसीसी बोर्डको समीक्षा बैठक हरेक तीन-तीन महिनामा हुने र परियोजनाको विषयमा अब के गर्ने ? भन्ने’ बिषय छलफल हुने गरेको सहायक विदेशमन्त्री लुले बताएका छन् ।

उनले सम्झौता कार्यान्वयनमा लाने-नलाने निर्णय भने छिटो गरिदिन नेपाली पक्षसँग आग्रह गरेका छन् । सम्झौता कार्यान्वयन नगर्ने भए नेपाललाई दिएको सहयोग अन्यत्र ठाउँमा दिनेसमेत भनेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने नेपालकै हातमा रहेको लुको भनाइ ।

नेपालको तीनदिने भ्रमणमा आएका सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनले राजनीतिक दलका सबै नेतालाई एमसीसीको विषयमा विशेष चासो राखेका थिए ।

लुसँगको भेटमा प्रधानमन्त्री देउवाले सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि पनि प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन हुने पटकपटक बताइसकेका छन् । एमसीसी अनुमोदनको विषयमा फरक धारणा राखेको माओवादी केन्द्रका अध्यक्ष दाहालले यसअघि नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई दिएको जवाफ दिएका छन् । माओवादी अध्यक्ष दाहालले एमसीसीको विषयलाई सबैको साझा सहमतिबाट मात्रै कार्यान्वयन गर्नुपर्ने कुरा दोहो¥याएका छन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले सरकारले एमसीसीको विषयमा आफ्नो दलसँग कुनै छलफल नगरेको प्रतिक्रिया दिएका छन् । यो विषय सरकारले अघि बढाउनुपर्ने र सबैसँग छलफल गर्नुपर्ने भएकाले अहिलेसम्म सरकारले एमसीसी अनुमोदनको विषयमा कुराकानी नभएको अध्यक्ष ओलीले सहायक विदेशमन्त्री लुसँग भनेका छन् । एमसीसी अनुमोदनको विषयमा आफ्नो पार्टीको धारणा सरकारले आह्वान गरेपछि मात्रै आउने अध्यक्ष ओलीले बताएका छन् ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार