असार २४, २०८२ मंगलबार July 8, 2025

पर्यटकीय क्षेत्रको पहिचान गरेर विकासका काम थालेका छौंः अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेर आफूहरुले विकासको काम थालेको बताएका छन। अन्नपूर्ण काठमाडौं समाजको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘देशमा अहिले बिल्कुलै फरक परिस्थिती सिर्जना भएको छ । हामीहरुसँग परम्परागत संरचनामा बानी परेको छ । त्यसबाट पछि हट्न समय लागेको देखिन्छ ।’

उनले भने, ‘अन्नपूर्ण काठमाडौं समाजको कार्यक्रम भनेपछि अन्य जस्तोसुकै कार्यक्रम भएपनि छोटो समयका लागि भएपनि जाउँ जाउँ भइहाल्छ ।’ केही न केही चुम्बक कास्की जिल्लासंग र अन्नपूर्ण गाउँपालिकासंग भएको उनको भनाई थियो । उनले अगाडि भने, ‘हो मानवीय संवेदनशीलताको कुरा हो, भावनाको कुरा हो, इतिहासको कुरा हो, कहीँ कहीँ त्यसले तान्दोरहेछ, तान्ने रहेछ ।’

अन्नपूर्ण गाउँपालिकालाई सुन्दर पर्यटकीय नमूनाको रुपमा विकास गर्नका लागि आफ्नो सरकारको अवधिभित्र सपना पूरा गर्नेतिर लाग्ने अध्यक्षले बताएका छन । अध्यक्ष प्रचण्डले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन् ।

‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके’ उनले भने, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन्’ ‘अग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली हतियारकै माध्यमबाट ५०र६० जनाले घुँडा टेकाएका थिए । तर, त्यस्तो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजे’ उनले भने । उनले राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको जनाएका छन ।

अध्यक्ष प्रचण्डले देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भन्ने शक्ति सक्रिय भएर लागेको प्रष्टाएका छन । त्यसबाट आफूहरू जोगिनुपर्ने उनको भनाई थियो । उनले आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटेको प्रष्टाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार