असार २५, २०८२ बुधबार July 9, 2025

ए डिभिजन लिग फुटबलः मछिन्द्र क्लब विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । मछिन्द्रका लागि सुनिल बलले दुई गोल गर्नुभयो । एनआरटीका लागि एरिक विष्टले सान्त्वना गोल गर्नुभयो ।

खेलको पहिलो हाफको १२औँ मिनेटमा बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाउनुभयो । विशाल राईको पासमा उहाँले गोल गर्नुभयो । त्यस्तै खेलको ५४औँ मिनेटमा एरिक विष्टले फ्री–किक प्रहार गर्दै गोल गर्नुभयो । देवेन्द्र तामाङले स्टेफेन समिरलाई फउल गरेपछि एनआरटीले फ्री–किकको अवसर पाएको थियो । एरिकले त्यसको सदुपयोग गर्दै गोल गर्नुभयो ।

खेलको ८० औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ ले जित दिलाउनुभयो । जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अङ्क जोडेको छ । सो खेलको म्यान अफ दी म्याच मछिन्द्रका सुनिल बल घोषित हुनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार