श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एमाले दशौं महाधिवेशनका लागि मञ्च निर्माणमै ५० लाख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमको लागि चितवनमा अत्याधुनिक तरिकाले मञ्च निर्माण गरिदैछ । सो मञ्च निर्माणमा मात्रै ५० लाख रुपिँया खर्च गरिने भएको छ ।

मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले भन्नुभयो ‘हामीले यस पटक अहिलेसम्मकै आकर्षक मञ्च बनाउने तयारी गरेका छौं । स्थान मिलाउनेदेखि मञ्च निर्माणसम्म करिब ५० लाख रुपिँया खर्च हँुदैछ । बुटवलमा भएको आठौं महाधिवेशन भन्दा धेरै आकर्शक तरिकाले मञ्च निर्माण गरिदैछ’ श्रेष्ठले भन्नु भयो ।

एक सय २० फिट लम्वाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुनेछ । जसमा चारवटा खण्ड रहनेछन् । मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरु बस्नेछन् । त्यसपछि दायाँ र वायाँ भएको भागमा केन्द्रीय सदस्यहरु बस्नेछन् । मञ्चको अगाडि रहेको भागमा कालकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकैपटक ७२ जना कलाकारहरुको आर्केस्ट्रा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइनेछ ।

मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीहरुलाई राखिनेछ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ । चितवनतर्फ पर्ने नदीकिनारमा डेढ लाख कार्यकर्तामात्रै सहभागी हुन सक्ने श्रेष्ठले बताउनुभयो ।-गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चर्चित मेसेजिङ एप टेलिग्राममाथि सरकारको प्रतिबन्ध
२०८२ श्रावण २, शुक्रबार
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार