जेठ ७, २०८१ सोमबार May 20, 2024

नेपाल टेलिकमलाई फाइभजी परिक्षणको अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकमले फाइभजी परिक्षणको अनुमति पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई फाइभजी परीक्षणको लागी अनुमति दिएको हो ।

प्राधिकरणका निर्देशक अम्बर स्थापितले फाइबजी परिक्षण अनुमति दिएको जानकारी दिए । तत्कालिन संचारमन्त्री पार्वत गुरुङको पालामा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले टेलिकमलाई फाइभजीको अनुमति दिने निर्णय गरेपनि समन्वय नभएका कारण उक्त निर्णय कार्यान्वयन हुन ढिलाई भएको थियो । टेलिकमलाई २६०० व्यान्डमा फाइभजी परीक्षणका लागी ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको हो ।

कात्तिक २९ मा बसेको बोर्ड बैठकको निर्णयमा ‘टेलिकमलाई फाइभजी लगायत नयां प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि, २०७८ बमोजिम हुने गरी फाइभजी परीक्षणको लागि स्वीकृति प्रदान गर्ने,’ उल्लेख छ ।

टेलिकमले एक बर्ष भित्र फाइबजी परिक्षण गर्ने तयारी गरेको छ । नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षणको लागी अनुमति पाएपनि एनसेलको हकमा भने निर्णय भएको छैन । एनसेलले पनि फाइभजी परीक्षणका लागी सरकारसंग अनुमति मागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया