श्रावण ३, २०८२ शनिबार July 19, 2025

मौरीले चिलेर वृद्धाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । पूर्वीचितवनमा मौरीले चिलेर १ महिलाको ज्यान गएको छ । रत्ननगर नगरपालिका– ९, बेलटाँडीकी ७६ वर्षीया ठगिया थरुनीको मौरीको टोकाइबाट ज्यान गएको हो ।

घरमै बसिरहेकी थरुनीलाई मौरीले टोकेपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । त्यही उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया