काठमाण्डौंः कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजनीमा स्वीकृत भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन् । घिमिरे समितिका वरिष्ठ सदस्य थिए ।
संयोजक यादवले स्वास्थ्यको कारण देखाई एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । कांग्रेस सभापति देउवाले केन्द्रीय निर्वाचन समितिको संयोजकमा रही हालसम्म काम गरेकामा धन्यवाद दिएका छन् ।-न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया