असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा घिसिङ नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टङ्क लाल घिसिङ ‘टलक’लाई नियुक्त नियुक्त गरेको छ । रामेछाप सुनापति गाउँपालिका–२ दिमीपोखरी निवासी घिसिङलाई सरकारले सदस्य सचिवमा नियुक्त गरेको हो ।

नेपाल रग्बी संघको अध्यक्ष तथा एसिया रग्बीको सदस्य रहेका घिसिङ राखेपको सदस्य सचिवमा नियुक्त भएका हुन् । नेकपा माओवादी बागमती प्रदेश कमिटीका नेता समेत रहेका घिसिङ पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका छन् ।आज बसेको मन्त्रिपरिषद बैठकमा युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले ३ जनाको सिफारिस गरेका थिए ।

राखेपको सदस्य सचिवको लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरि १८ जनाले आवेदन दिएका थिए ।कात्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए । उनले आफ्नो बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार