असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनी पछी जबराले पनि समर्थन जनाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ ।

युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् ।

‘मंगलबार बिहान साढे ११ बजे डा. लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्दै छन्’, राप्रपा युवा नेता सुजित केसीले न्युज कारखानासँग भने । यसका लागि जमलस्थित एलो प्यागोडा होटेलमा कार्यक्रम राखिएको उनले जानकारी दिए ।

हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा. लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । स्रोतका अनुसार जबराले पनि लिङ्देनलाई समर्थन जनाउने तयारीमा छन् । तर, उनी हालसम्म कुनै पक्षमा खुलिसकेका छैनन् ।

नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

भोलि बुधबारबाट सुरू हुने राप्रपा महाधिवेशनमा हालसम्म थापा र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनको अघिल्लो दिनसम्म उम्मेदवारी घोषणा नगरेका जबराले लिङ्देनलाई समर्थन गर्ने राप्रपा एक नेताको दाबी छ । -न्यूज काखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार