असार २५, २०८२ बुधबार July 9, 2025

यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको तेस्रो जीत, दोस्रो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वाइवाइ १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउँदै तेस्रो जीत दर्ता गरेको हो ।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेट र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । तेस्रो जीत निकालेको सुदूरपश्चिम ६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । दश अङ्कका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।

आज प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पूरा ग¥यो । सुदूरपश्चिमका लागि अर्जुन साउद र वसन्त कार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीत दिलाएका हुन् । तेइस रनमा ४ विकेट गुमाएर धर्मराएको सुदूरको पारी सम्हाल्दै अर्जुन र वसन्तले पाँचौँ विकेटका लागि ७१ रनको साझेदारी गर्दै जीत हासिल गरे । वसन्तले ३७ र अर्जुनले ३२ रन जोडे ।

प्रदेश १ का अभिनय राजवंशीले दुई तथा श्रवण किस्कु र अङ्कित सुवेदीले समान १-१ विकेट हात पारे । त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको १ प्रदेश २४ ओभरमा मात्रै ९० रनमा सीमित भयो । उसका लागि अङ्कित सुवेदी एक्लैले ६१ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रनसमेत जोड्न सकेनन् । सुदूरपश्चिमका शेर मल्लले ४, नरेन्द्र साउदले ३ र कैलाश ऐरीले २ विकेट हात पारे । शेर मल्ल खेलका म्यान अफ द म्याच चुनिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार