असार २५, २०८२ बुधबार July 9, 2025

वेदमा राजनीतिक दर्शन – अच्युतप्रसाद पौडेल ‘चिन्तन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजनीतिका गुरुहरू हब्स, लक, अरस्तुहरू दार्शनिक थिए, दर्शन शास्त्रबिनाको राजनीति केबल भीड नीति हुन्छ । करोडौं रकम खर्चिएर चितवनबाट ओलीपथको पुनरावृत्ति भएको हामीलाई थाहै छ । उही दम्भ, उही शैली, उही प्रवृत्ति केवल शक्तिको प्रदर्शन, देश दौडाहामा शक्ति प्रदर्शन त कोरोना कालमा पनि देखिएकै हो । ओमिक्रोन भेरियन्टले तर्साउँदा पनि राजनीतिको भीड र खेती बढेकै छ, हामी कहाँ । दीर्घ समयसम्मको नीतिलाई अँगाल्नेको नाम नेता हो । सृष्टिको उषाकालमै आरम्भ भएको वेदमा नीति, राजनीतिको कुरा छ । राज्य शासनका विधान र राज्य भनौं देशमा बस्ने नागरिकको खुसी, सुख र समृद्धिका लागि राज्यले सञ्चालन गर्ने नीति राजनीति हो ।

लोकहित र लोक कल्याण यसको उद्देश्य हुन्छ, हिजोआजको भाषामा प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि प्रजा हित नै हो, प्रजाको अर्थ हुन्छ प्राणी अर्थात् राज्यले नागरिक मात्रै नभएर समस्त प्राणी हितका कार्य गर्नुपर्नेहुन्छ । पृथ्वीका समस्त प्राणी संरक्षित भएनन् भने विश्वव्यापी समस्या, जलवायु परिवर्तन, प्राकृतिक संकट देखापर्छ र आधुनिक युगमा अनेकानेक संगठनहरू बनेका छन् यसका लागि । मानव कल्याण, शान्तिका लागि संयुक्त राष्ट्रसंघ, व्यापारका लागि विश्व व्यापार संगठन, स्वास्थ्यका लागि विश्व स्वास्थ्य संगठन भनौं विषयपिच्छेका संघसंस्था जीवन्त छन् ।

पूर्वीय दर्शनले लोका समस्ता सुखिनो भवन्तु भनेको छ, अर्थात् लोकभरिका सबै सुखी रहून् । प्रजा सुखे सुखं राजा भनेको छ, यहाँ राजाको अर्थ हुन्छ, राज्य । देशभित्रका आमनागरिक सुखी, खुसी रहे देश नीति भनौं राजनीति वा नीति अँगाल्ने त्यो राज्य सुखी र समृद्ध हुन्छ । राजनीतिलाई मार्गनिर्देश गर्ने कौटिल्य नीति, चाणक्य नीति, विदुर नीति, वेद नीति, जनक नीतिको अध्ययन आवश्यक छ, राजा भतृहरिको वैराग्य शतक, बुद्धिलाई विवेकले प्रयोग गर्ने नीति विवेक चुणामणिको अध्ययन आवश्यक छ । मानव मस्तिष्कको परिणाम विज्ञानको वुद्धिलाई सही प्रयोग गर्न मानव हृदय विवेकको आवश्यकता हुन्छ । विवेकबिनाको विज्ञानको प्रयोग भनेको हिरोसिमा, नागासाकीको वम प्रहार हो र अमेरिकी ट्वीन टावरको हवाइ प्रहार हो, विज्ञानको सदुपयोगका लागि अध्यात्म ज्ञान हुनु आवश्यक छ ।

वेदले ब्राह्मणको चर्चा गरेको छ, ब्राह्मण भन्नु प्रज्ञा हो, प्रज्ञाचक्षु जसको खुलेको हुन्छ, उही ब्राह्मण हो ।

वेदले ब्राह्मणको चर्चा गरेको छ, ब्राह्मण भन्नु प्रज्ञा हो, प्रज्ञाचक्षु जसको खुलेको हुन्छ, उही ब्राह्मण हो, कुलीन वा जन्म कुलको आधारभन्दा पनि ज्ञानको आधारले ब्राह्मण हुने हो । वेदमा भनिएको छ, जन्मना जायते शुद्र कर्मणा द्धिज उच्यते वेदाध्यायी भवेत् विप्र ब्रह्म जानाति ब्राह्मण । अर्थात् आमाको गर्भबाट जन्मिँदा सबै अशुद्ध नै हुन्छन्, संस्कार र तिनका कामले द्धिज हुने हो अर्थात् संस्कारले अर्को जन्म, भनौं जब ज्ञानको आरम्भ हुन थाल्छ ऊ विप्र हुन्छ र ब्रह्म अर्थात् सम्पूर्ण लोक, धर्ती, भनौं खगोल, भूगोल संसारका सबै कुरा जीव, जगत्, जन्म, मृत्यु सबै जान्न सक्ने हुन्छ, त्यो ब्राह्मण हुन्छ । यसैले ब्राह्मण भनेको प्रज्ञाचक्षु हो र यो एउटा पदवी हो । श्रीराम, श्रीकृष्ण या बुद्ध जन्मले ब्राह्मण होइनन्, रामका गुरु विश्वामित्र, महाभारतका विदुर हाम्रै खप्तड स्वामी, शिवपुरी बाबा, प्रपन्नाचार्यको नाम सबैले लिन्छन् ।

ब्राह्मण कुलमै जन्मेको रावण, कुम्भकर्णको नाम लिन रुचाइँदैन । अति घमण्डका कारण रावणको लंका जलेको प्रसंग त्रेता युगको कुरा भयो । विदुर दासी पुत्र हुन्, वेदका रचयिता व्यास उनका पिता पराशर, उनका पनि पिता वशिष्ठको आदिम क्षेत्र हो हाम्रो भूमि नेपाल, वैदिक सनातन भूमि नेपालमा जे छ संसारमा छ यहाँ जे छैन संसारमा छैन । आज वेदमा रहेका तर ओझेल परेका विषयलाई खोज्दै नासाले अन्तरिक्षको अध्ययन गर्दै छ । जर्मनीलगायत पश्चिमाहरू धेरै सिक्दै छन् यस’bout । हाम्रो ऋग्वेद, यजुर्वेेदले पृथ्वी शान्ति, अन्तरिक्ष शान्ति, आप शान्ति, औषधय शान्ति भनी सृष्टिको आरम्भमै भनेको हो र भागवत्मा सजिलो गरी सम्पूर्ण लोकालोकको वर्णन गरिएको छ, सबैको चक्षु ज्योति भनौं ज्योतिष शास्त्रको वर्णन यसैमा छ । ऋतु, काल गणना, हावापानी, जलवायु शुद्धि, मानव कल्याण र समग्रमै लोक कल्याणका लागि परोपकार पुण्याय पापाय परपीडनम् भनेको छ । हामीले देखेको विश्वभन्दा अरू धेरै विश्व यहाँ रहेको चर्चा छ । विज्ञानले आज सबै कुरा पत्ता लगाइसकेको छैन ।

हाल कलियुगमा हाम्रो देशको नाम नेपाल रहेको छ भने आजभन्दा ५ हजार वर्ष पहिले द्वापर युगमा यसको नाम मुक्तिपुर थियो । त्यतिबेला राजपाठ चलाउने काष्ठमण्डपका राजा यलम्बरले महाभारत युद्धमा कौरवपक्षलाई सघाउने प्रण गरे, पाण्डवपक्षको हार हुने देखेपछि श्रीकृष्णले सुदर्शन चक्रले यलम्बरको शिरच्छेदन गरेपछि त्यसै शिरले आकाशबाट युद्ध हेरिरहेका उनको शिर काठमाडौंमा खसेपछि आकाश भैरवको नामले कीर्ति रही हालसम्म काष्ठमण्डपमा यिनको मूर्ति, मन्दिर रहेको भनाइ छ । पूजा हुने गरेको छ । १२ लाखभन्दा बढी वर्ष पहिलेको त्रेतायुगमा हाम्रो देशको नाम तपोवन रहेको र यहाँ खासगरी जनकपुरमा राजर्षी जनकले राजपाठ गरेको, कृषि कार्य गर्दै जाँदा जानकीलाई भेटिएको र अयोध्या नरेश दशरथपुत्र श्रीरामसँग बिहे गराएको प्रसंग जोडिँदै हालसम्म पनि मार्ग शुक्ल पञ्चमीमा सीता रामको भव्य विवाह महोत्सव मनाइँदै आएको छ । विषय पुरानो भए पनि ताजै छ । करोड वर्षअघिको यसको नाम सत्ययुगमा सत्यपुर रहेको र समुद्रमथनमा हलाहल विष निस्कँदा शिवजीले त्यो पिएर छट्पटी हुँदा चिसो र शान्त स्थान हालको रसुवाको गोसाइँकुण्डमा आराम गरेको चर्चा छ । विष खाएर ढल्दा नीलकण्ठ नामले सुतेको भनिएको शिला काठमाडौंको शिवपुरी फेदमा अहिले पनि भव्य मेला लाग्दै आएको छ, बूढानीलकण्ठमा ।

राज्यले कानुन मात्रै बनाएर पुग्दैन, दैवी, वेद र ईश्वरीय राजमा कोही तलमाथि भन्ने हुन्न ।

ब्रह्मा, विष्णु, महेशको संयुक्त नाम मुक्तिक्षेत्र मुस्ताङमा विश्वका धेरै मानिस खनिने गर्छन् । त्यहीँबाट भनौं दामोदर कुण्डबाट निःसृत नदी कालिगण्डकीमा पाइने विष्णुको शिला कालो पत्थर शालिग्राम संसारकै उदाहरण बनेको छ । वेदमा वर्णित देवताहरूले नित्य स्नान गर्ने क्षेत्र देवघाटधाम नारायणी भन्नु शिवगंगा त्रिशूली र विष्णुगंगा गण्डकीको संगमस्थल हो जो चितवनको नारायणी हुँदै नवलपरासीको त्रिवेणीधाम, पारिपट्टि वाल्मीकि आश्रमलाई सिञ्चित गर्दै परतिर पुग्छिन् । सत्ययुगकै बाराह अवतार भई श्रीविष्णुले बँदेलको अवतार लिई पूर्वको कौशिकी तटमा विश्राम लिएको क्षेत्र चतराधाम बाराह क्षेत्र यहीँ छ, जसको आसपास शिवप्रिया सतिदेवीको दन्त पतनक्षेत्र दन्तकाली, बूढासुब्बा, अलिक वरतिर श्रीरामले आगोको धुनी लगाएको क्षेत्र रामधुनी अहिले पनि जीवन्त छ । जनक, वशिष्ठ, विश्वामित्र, पराशर, व्यासभूमि क्षेत्र सधैं पावन हुनु जरुरी छ, शान्त पनि । दमौलीको सेती, मादी नदीका बीचमा मत्स्यगन्धाबाट पराशर ऋषिले व्यासको जन्म दिएका र २८औं व्यासस्थली व्यास गुफा दमौलीमा रहेको छ । यस अर्थमा वेद व्यासकी ममतामयी माता ब्राह्मणी नभएको स्पष्ट हुन्छ ।

हिजोआज लोकतन्त्रका संवाहकहरूले जात जाति वा धर्मको नाममा राजनीति गरेका देखिन्छन् । हो राजनीतिमा धर्म नीति हुनुपर्छ, धर्म हराउँदा सबै काम अधुरो हुन्छ । निष्प्रयोजन हुन्छ, मारकाट मात्र हुन्छ । एकअर्कामा विश्वास हुन्न, सदा देशमा संकट हुन्छ, जनता भोका हुन्छन्, परचक्रीले शिर उठाउँछ, भीखमंगाले अरूले जे भन्यो त्यही सहनुपर्छ तर राजनीतिकर्मीले जातजातिमा वा लिंग वा दलित भनी हेला गर्नुहुन्न । कोही संसारमा दलित हुँदैन, अपहेलित हुँदैन, त्यसका लागि राज्यले कानुन मात्रै बनाएर पुग्दैन, दैवी, वेद र ईश्वरीय राजमा कोही तलमािथ भन्ने हुन्न । आज हामी समाजवाद, साम्यवाद भन्छौं, समानताको कुरा गर्छौं तर विभेद भएको छ, हो मान्छे आफंैले गरेको विभेद हो । कार्य क्षमता, कामको अवसर, सबैतिर न्याय, उच निचरहित समाजको निर्माण र सभ्यता बनाइराख्नु देश नीतिको काम हो । यसैलाई राज्य नीति भनिएको हो र सबैको मियो राजनीति हो । भुठा आश्वासन, क्षणिक लाभको पोको देखाएर समाजलाई विखण्डन गर्नुहुन्न, इमानदारिता, सहिष्णुता, नैतिक जिम्मेवारी, निष्ठाको राजनीति गर्नुपर्छ ।

यो सामाजिक सेवा हो, पैसा र पदको प्रलोभनले इमानदारिता गुमायो भने अभिभावकत्व हुन्न, राजनीति वा नेताले अभिभावकत्व ग्रहण नगरे आमसर्वसाधारण सडेर जान्छन् । देश पनि बिग्रन्छ, विदेशी हाँस्छन् । हाम्रो लोकतन्त्रका सामु हजारौं विकृति देखिएका छन् । तपोभूमि नेपाललाई भाषण गर्दा सबैले यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने भन्छन् । माथि भनिएभैंm यहाँको कणकणमा त्यो सम्भव पनि छ तर सत्य र निष्ठाका लागि विकसित देशका नेता वाइबल छोएर शपथ लिन्छन् । यहाँ वेद, गीता, धर्मशास्त्र, शालिग्राम, तुलसी लिएर शपथ खानुपर्नेमा त्यो पर्दैन भन्छन् । हामीभन्दा धेरैपछि मात्र जन्मेका देशहरूको नक्कल गर्दै धर्म निरपेक्ष भन्छन्, देशमै फाटो ल्याउँछन् ।

राष्ट्रिय धरोहर पशुपतिनाथलगायत यहाँ रहेका मठ, मन्दिर जीर्णोद्वार गरेरै झण्डै २ अर्ब हिन्दु संसारलाई पर्यटक बनाउन सकिने कुरामा विश्वास गर्दैनन् । अगुवाहरू नै हत्या, हिंसा, लुटपाटमा संलग्न भएपछि अरूलाई यसो नगर भन्न असहज हुन्छ । मुहान शुद्ध नभई खोला शुद्ध हुँदैन, आपूm मोजमस्ती गर्ने अरूलाई नैतिकताको पाठ सिकाउने वा कानुनको कार्यान्वयन गर भन्न असहज हुन्छ । आधुनिक युगमा पनि विश्वमा चरित्रवान्, नैतिक, इमानदार नेताहरू छन् जसले देशलाई समृद्ध बनाएका छन्, छोटो समयमा देशले कोल्टो फेरेको कायापलट भएका उदाहरण संसारमा हाम्रै आँखाले धेरै देखेका छौं । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार