काठमाडौं । प्रदेश-३ को नेकपा संसदीय दलको बैठक सुरु भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा केहीबेर अघिबाट बैठक सुरु भएको हो।
बैठकमा नेकपाका अधिकांश सांसद उपस्थित छन्। संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती तोक्ने सम्भावना छ।
नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले आजैको बैठकले प्रदेश राजधानी र नाम टुंगो लाग्ने बताएका छन।
नेकपा सचिवालयले प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिइसकेको छ।
तर, नाम र राजधानीको विषयमा नेकपाकै सांसद विभाजित छन्। राजधानी र नामाकरणका विषयमा केही दिनमै प्रदेश सभामा मतदान हुने सम्भावा छन्।
प्रदेश सभामा नेकपा एक्लैको दुई तिहाइ मत छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया