असार १९, २०८१ बुधबार July 3, 2024

टेलिभिजन सम्बोधनमा ट्रम्पले भने : क्षेप्यास्त्र प्रहारपछि इरान तल पर्‍यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेपछि इरान तल परेको बताएका छन्।

बिहीबार ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् सम्बोधन गर्दै ट्रम्पले इरानी आक्रमणमा अमेरिकी वा इराकी नागरिकको मृत्यु नभएको दाबी गरेका छन।

‘अमेरिकी सैन्य आधार शिविरहरूमा पनि खासै क्षति भएको छैन,’ संवोधनको क्रममा ट्रम्पले भने।

आफ्ना एकजना सैन्य जेनरलको हत्याको बदला लिन भन्दै इरानले बुधवार इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेको थियो। इरानले इराकस्थित एर्बिल र अल असदमा रहेका शिविरमा क्षेप्यास्त्र प्रहार गरको हो।

उक्त हमलालाई इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले अमेरिकाको मुखमा हानिएको थप्पड भनेका थिए। ट्रम्पले चाहिँ उक्त हमलाले इरान तल परेको र त्यो सबै सम्बन्धितका लागि राम्रो भएको बताएका छन्।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानी सैन्य जेनरल कासिम सुलेमानी मारिएपछि अब अमेरिकी नागरिकहरू सुरक्षित भएको बताएका छन्।

सीबीएस न्यूजसँगको एउटा अन्तर्वार्तामा उनले इरानले उसको मिलिसियालाई अमेरिकी लक्ष्य र उसका नागरिकमाथि हमला नगर्न भनेको गुप्तचरी सूचना अमेरिकाले पाएको दाबी गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया