काठमाण्डौः तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।
जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । विसं २०७६ असार २८ गते उरहरीमा खुकुरी प्रहार गरी वलीको हत्या गरेको उनीहरुमाथि अभियोग लागेको थियो ।
सोही घटनामा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कैद सजाय सुनाइएको छ ।
विक्कीले यसअघि २०६९ मङ्सिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीलाई गोली हानी हत्या गरेका थिए । त्यतिबेला उनको उमेर १५ वर्षमात्रै भएकाले चौधरीलाई अदालतले सुधारगृह पठाएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया