असार १९, २०८१ बुधबार July 3, 2024

ह्यारीद्वारा राजपरिवारको वरिष्ठ सदस्य नबन्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायती राजकुमार ह्यारी र उनका श्रीमती मेगन मर्केलले राजपरिवारको वरिष्ठ सदस्य नबन्ने घोषणा गरेका छन्।
आर्थिक रुपमा स्वतन्त्र बन्ने बताउँदै ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्य नबन्ने बताएका हुन्।

ह्यारी र मेगनको निर्णयपछि वेलायती राजपरिवारमा तनाव उत्पन्न भएको छ। ह्यारी र मेगनले यस्तो निर्णय लिन अगाडि शाही परिवारसँग कुनै सल्लाह नलिएको बीबीसीले जनाएको छ।

बुधबार इन्स्टाग्राममार्फत् अप्रत्याशित निर्णय गरेपछि महारानी इलिजावेथ दोस्रो नाति ह्यारीसँग निकै दुखी भएको बताइएको छ। उनी ह्यारीसँग रिसाएकी छिन्।

ह्यारीले भनेका छन्,‘हामी शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट अलग हुन चाहन्छौं। आर्थिक रुपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं। यद्यपी महारानीलाई हाम्रो समर्थन जारी रहन्छ।’

ह्यारीले अब आफू श्रीमती र छोरासँग वेलायत र अमेरिका दुवै स्थानमा बस्ने आफ्नो वक्तव्यमा बताएका छन्।

यतिबेला ह्यारीको फैसला गलत भएको विश्लेषण भइरहेका छन्। ह्यारीमाथि सुरक्षाको चुनौती सिर्जना हुने अनुमान गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया