असार २६, २०८२ बिहिबार July 10, 2025

ढोरपाटनलाई भलिबलको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६, २५–२१, १५–२० ले हरायो ।  मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५,२५–१८,२५–१९२३–२५,१५–१० ले हराउँदै तेस्रो स्थान पायो ।

प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए । गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर हुँदा एक नम्बर प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोपराटनका मनबीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए ।

मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका  मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य विधागत उत्कृष्टले तीन हजार रुपैयाँ पुरस्कार पाए ।

ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँबसपार्कमा सम्पन्न प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११  तथा उपविजयी टोलीले ६१ हजार १सय ११ रुपैयाँ पुरस्कार पाए ।

तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो ।-न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार