असार २३, २०८२ सोमबार July 7, 2025

युराेपकाे एउटा सहर जहाँ एक युरोमा घर पाइन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपाँई कति मूल्य पर्ने घरमा बस्नुहुन्छ ? सामान्यतया कुनै पनि घरकाे मूल्य तपाई बस्ने ठाउँमा निर्भर हुन्छ । गाउँकाे घरकाे मूल्य तुलनात्मक रुपमा सहरकाे भन्दा सस्ताे हुन सक्छ । तर, युराेपमा एउटा सहर छ, जहाँको घरकाे मूल्य सुन्दा तपाई अ‌ाश्चर्य पर्नु हुन्छ । सन्दर्भ युरोपको केन्द्र इटालीको हो, जहाँ घर किन्न केबल एक युरो भए पुग्छ । नेपालीमा हिसाब गर्दा त्यस्तै १३५ रुपैयाँ हुन ‌अ‌ाउँछ ।

हाे इटालीको भूमध्य सागरनजिक सार्डि्नियास्थित ओलोलाई भन्ने सहरमा एक यूरोमा घर किन्न पाइन्छ । युराेपका जुनसुकै देशका मानिसले यहाँ घर किन्न सक्दछन् । याे किन्ने क्रम पनि जारी छ । सरकारले एक युराेमा घर किन्ने भनेपछि धेरै मानिसहरुकाे ध्यान याे सहरतर्फ माेडिएकाे छ ।

धेरै वर्ष पहिले ओलोलाइमा बाक्लाे बस्ती थियाे । भाैतिक विलासिता र अन्य सुविधाकाे खाेजिमा बिस्तारै मानिसहरु ओलाेलाईबाट अन्य सहरमा बसाइ सरेर जान थाले,  जसका कारण कुनै बेला घना बस्ती रहेकाे सहरकाे जनसंख्या अहिले निरन्तर घटिरहेकाे छ ।

बारम्बार मानिसहरु बसाइँ सरेपछि यहाँका घरहरु खाली  भएका छन् । कुनै बेला  लाखाैं जनसंख्या रहेको ओलााईमा पछिल्लाे ५० वर्षमा घटेर एक हजार ३०० जनामा खुम्चिएकाे छ । जनसंख्या घटेर शहर नै सुनसान हुन थालेपछि सरकारले सित्तैमा घर दिएर पुन बस्ती बसालेकाे हाे । सहरमा सयाैं  पुराना खाली घर छन् ।

घर किन्नुअघि क्रेताले एउटा शर्त भने पालना गर्नै पर्छ । एक युराेमा घर किनिसकेपछि क्रेता अ‌ाफैले सो घरको मर्मत गर्नुपर्छ । मर्मतका लागि सरकारले निश्चित रकम नै तोकेको छ । मर्मत नगरे घर फिर्ता गर्नुपर्छ । नि:शुल्क घर पाइने भएपछि मानिसहरुले एक दुई दर्जन घर किनेर जम्मा गरेकाे बताईन्छ । केही मानिसहरुले घर किन्ने तर त्यसकाे स्याहार सम्भार नगरेपछि पछिल्लाे समय सरकारले मर्मत खर्च पनि एकै पटक  तिर्न भनेकाे छ ।

मर्मत खर्च अग्रीम तिरेपछि सर्वसाधारणहरु केही वर्ष साेही घरमा बस्ने सरकारकाे विश्वास छ ।

घर मर्मतका लागि सरकारले तीन वर्षकाे समयावधि ताेकेकाे छ । अहिलेसम्म  युरोपेली देशका नागरिकहरुले साे सहरका सयाैं घर किनेका छन् । सस्ताेमा घर पाइन थालेपछि युराेपबाहेकका मानिसहरुकाे पनि साे सहरतर्फ आकर्षण बढेकाे इटालीका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया