असार २६, २०८२ बिहिबार July 10, 2025

उपाधि जित्न सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कप्तान देव खनाल र विशाल बिक्रम केसीको अर्धसतककाे मद्दतमा लुम्बिनी प्रदेशले यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको लुम्बिनी प्रदेशले कप्तान देव खनाल र विशालबिक्रम केसीको अर्धसतकीय इनिङसँगै  निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको हो ।

मध्यम स्कोर बनाउने क्रममा लुम्बिनीको लागि कप्तान देवले ७० रन बनाए । ९५ बल खेलेका देवले ५ चौका र ४ छक्का प्रहार गरेका थिए । विशालबिक्रम केसीले ५१ रन बनाए । विशालले ६९ बल खेल्दै ४ चौका र २ छक्का हिर्काए । यस्तै, दुर्गेश गुप्ताले ३२ रन बनाउँदा विकेट किपर प्रज्वल थापाले २४ रनको योगदान दिए ।

यता, टस जितेर फिल्डिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले समान २ विकेट लिँदा नरेन साउद र राहुल भण्डारीले समान १ विकेट हात पारे ।

यस प्रतियोगिताबाट छनोट भएका खेलाडीले एसीसी यू-१९ पुरुष एसिया कप क्रिकेट खेल्ने छन् । खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुनेछ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार