असार २६, २०८२ बिहिबार July 10, 2025

बैतडीमा अन्तरपालिका भलिबलको आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ । उपाधि जित्ने टोलीले रु एक लाख १० हजार १०१ र कप मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिताका संयोजक सागर भण्डारीले जानकारी दिए ।

यस्तै द्वितीय पुरस्कार रु ७५ हजार १०१ र कप मेडल तथा प्रमाणपत्र, तृतीय पुरुस्कार रु ५० हजार १०१ सहित कप, मेडल तथा प्रमाणपत्र राखिएको छ । सान्त्वना पुरस्कार रु ३० हजार १०१ कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

पञ्चेश्वर–३ को कुलाउमाविको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी र विभागीय खेलाडीले भने सहभागिता जनाउन नपाउने जनाइएको छ । पुस ३ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताशुल्क रु पाँच हजार १०० तोकिएको छ । यसैबीच गाउँपालिकाले माविस्तरीय महिला भलिबलसमेत आयोजना गरेको छ । उक्त प्रतियोगिता पुस १ देखि सुरु हुनेछ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार