असार २४, २०८२ मंगलबार July 8, 2025

शान्ति र स्थायित्व खल्बल्याउने काम नगर्न अमेरिका र इरानलाई नेपालको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पश्चिम एसियामा जारी तनावप्रति चासो व्यक्त गर्दै नेपालले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सो क्षेत्रको शान्ति र स्थायित्वमा खतरा ननिम्त्याउन आह्वान गरेको हो।

‘पश्चिम एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर चासोका साथ नियालिरहेको छ। सो क्षेत्रमा ठूलो संख्यामा नेपाली कामदार कार्यरत छन्, तिनको सुरक्षा नेपालको सर्वोच्च प्राथमिकता हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सो क्षेत्रको शान्ति र स्थायित्वमा आँच पु¥याउने कुनै पनि कार्य नगर्न तथा संयमता अपनाउन हामी सम्बन्धित पक्षसँग आह्वान गर्छौँ।’

सबै विवाद शान्तिपूर्ण तरिकाले समाधान हुनुपर्ने नेपालको सैद्धान्तिक अडान रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ। अमेरिकाले गत साता इरानका एक जना शक्तिशाली जर्नेल कासिम सुलेमानीको इराकमा ड्रोन आक्रमण गरेपछि यो क्षेत्रमा तनाव बढेको छ।

सुलेमानी हत्याको विरोधमा बुधबार बिहानै इरानले इराकस्थित अमेरिकी सैन्य शिविरहरुमा २२ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

सो आक्रमणमा कुनै मानवीय क्षति नभएको अमेरिकाले बताएको छ। क्षेप्यास्त्र आक्रमणको बदलामा अमेरिकाले तत्काल कुनै कदम नचालेकाले युद्धको सम्भावना हाललाई टरेको विश्लेषण गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार