असार २५, २०८२ बुधबार July 9, 2025

नगर कप फुटबल प्रतियोगिता यही मङ्सिर २८ बाट सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा यो वर्ष यही मङ्सिर २८ गतेबाट नगर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिता आगामी पुस ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने सो प्रतियोगितामा छिमेकी मुलुक भारतको एकसहित आठ वटा टोलीले प्रतिस्पर्धा गर्ने स्वतन्त्र क्लब रानीटारले जनाएको छ । प्रतियोगिता फिदिम–७ स्थित बराजु खेलमैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको यो तेस्रो संस्करण हो । यसवर्षको प्रतियोगितामा भारतको पाण्डा स्पोर्टिङ क्लब सिक्किमसहित चर्च ब्वाइज क्लब काठमाडौं, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, योङ ब्वाइज फुटबल क्लब इलाम, अलइनवान सैनिक क्लब झापा, रेड स्टार फुटबल क्लब विर्तामोडले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको बिजेता समूहले रु. एक लाख ५० हजार पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । यस्तै उपबिजेता समूहले रु. ८० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई नगद पुरस्कारले पुरस्कृत गर्नेेछन् भने प्रत्येक खेलमा उत्कृष्ट खेलाडी घोषणा गरी पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ ।

आगामी पुस १ र २ गते भने दुई-दुई वटा खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । उक्त प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब र प्रवद्र्धकमा फिदिम नगरपालिका रहेका छन् ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार