असार २५, २०८२ बुधबार July 9, 2025

च्यासलविरुद्ध सहज जितपछि आर्मी दोस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिभुवन आर्मी फुटबल क्लब २०७८ मंसिर २४ गते शुक्रबार च्यासल युथ क्लबलाई पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको दोस्रो खेलमा आक्रामक शैलीमा प्रस्तुत भएको आर्मीले जारी सिजनमा औसत मानिएको च्यासलविरुद्ध सहज जित निकाल्यो ।

आर्मीका जर्ज प्रिन्स कार्कीले १९औं मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । मिडफिल्डर टंक बस्नेतले विङ्गबाट दिएको सुन्दर क्रसमा उत्कृष्ट रन बनाउँदै जर्जले सुन्दर गोल गरेका थिए ।

च्यासलबिरुद्ध निरन्तर दबाब बनाएको आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ३६औं मिनेटमा विङ्गबाट उत्कृष्ट रन बनाउँदै कर्नर फ्ल्याग नजिकबाट सुन्दर क्रस दिएका थिए । सोही क्रसलाई ६ यार्ड बक्स अगाडि ‘अन्मार्क” रहेका जगजित श्रेष्ठले ट्याप इन गर्दै सुन्दर गोल गरेका थिए ।

सुरुआती २० मिनेटमै अग्रता लिएसँगै ‘हाई प्रेसिङ’ गर्दै च्यासललाई पूर्ण दबाबमा राखेको थियो । तीव्र गतिको आर्मीको अट्याकसामु अत्तालिएको च्यासलले पूरा पहिलो हाफ बचाउमै खर्चेको थियो ।

नवौं मिनेटमा कमल श्रेष्ठले दायाँ तर्फबाट प्रहार गरको कर्नरमा डिफेन्डर अभिषेक लिम्बुले आर्मीका खेलाडीमाथि फाउल गरेका थिए । जसमा च्यासलले स्पष्ट मौका बनाउन सकेन ।

सुरुआती २५ मिनेटसम्म आर्मीको हाफमा बल पुर्याउनै संघर्षरत च्यासलका मिडफिल्डर आशिष राईले २३औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार फ्रेममा परेन ।

च्यासलका राइट ब्याक कमल श्रेष्ठले २८औं मिनेटमा आर्मीका फरवार्ड जगजित श्रेष्ठले फाउल गरेसँगै आर्मीले सेटपिसमा पुनः अवसर सिर्जना गर्ने मौका पाएको थियो । सोही फ्रि–किकमा सन्तोष तामाङले पेनाल्टी एरियाभित्र दिएको डेलिभरीमा आर्मीका डिफेन्डर विकाश तामाङको हेडर फ्रेममा परेन ।

पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा आर्मीका शेशेहाङ आङ्देम्बेले दिएको डेलिभरीमा पेनाल्टी एरिया भित्रबाट कप्तान भरत खवासले हेडरमार्फत गरेका प्रहार च्यासलका गोलकिपर अर्पण कार्कीले बिफल बनाएका थिए ।

दोस्रो हाफमा पनि सुरुआतदेखि नै च्यासलविरुद्ध आक्रमण जारी राखेको आमीले चार मिनेट नबित्दै अग्रता थप फराकिलो बनाउने मौका बनाएको थियो । सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले ४९औं मिनेटमा राइट विङ्गबाट दिएको क्रसमा आर्मीका फरवार्ड जर्जले हेडरमार्फत गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

विभागीय महारथी आर्मीविरुद्ध रक्षापंक्तिमै व्यस्त भएको च्यासलले विरलै आर्मीमाथि आक्रमणको मौका पाएको थियो । मिडफिल्डर अजित गुरुङले ७८औं मिनेटमा पेनाल्टी एरिया अगाडिको हाफ सर्कलबाट गरेको प्रहार टार्गेटमा नपर्दा च्यासल पुनः निराश बनेको थियो ।

जितसँगै साविक उपविजेता आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको आमीले दोस्रो खेलमा मछिन्द्रसँग पनि गोलरहित बराबरी खेलेको थियो ।

खेलको म्यान अफ दि म्याच आर्मीका जगजित श्रेष्ठ घोषित भए ।

तेस्रो खेलमा ब्रिगेड व्बाइज क्बलविरुद्ध सिजनको पहिलो जित निकालेको आर्मीका लागि कप्तान भरतले त्यो खेलमा एक मात्र निर्णायक गोल गरेका थिए । तेस्रो चरणका खेल सकिँदा तालिकाको छैठौं स्थानमा सीमित भएको आर्मी आजको जितसँगै चार खेलबाट ८ अंक जोडेर उपाधि होडमा फर्किएको छ ।

पराजित च्यासल चार खेलबाट चार अंक जोडेर नवौं स्थानमा छ । पहिलो खेलमा थ्री–स्टारसँग ३–० को नजितामा पराजित भएको च्यासलले दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेको थियो । तेस्रो खेलमा न्युरोड टिम (एनआरटी)सँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

शुक्रबार नै भएको चौथो चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबमाथि २–० को सहज जित निकालेको थियो । जितसँगै मनाङ सुरुआती चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

चोथो चरणको दोस्रो दिन भोलि ( २०७८ मंसिर २५ गते शनिबार) दिउँसो १ बजे हुने पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एनआरटी भिड्ने छन् । यस्तै, पौने ५ बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र आमनेसामने हुनेछन् । मंसिर २५ गते शनिबार प्रतियोगितामा दुई खेल हुनेछन् । – न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार