काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसनायके लाई नियुक्त गरेको छ ।
क्यानको प्रशिक्षक छनोट समितिले दसनायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रशिक्षक छनोट समितिले पुबुदुलाई नियुक्त गर्ने निर्णय गरेपनि बोर्ड बैठकले निर्णय अनुमोदन गर्न भने बाँकी नै छ । यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।
दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा रहेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया