असार २६, २०८२ बिहिबार July 10, 2025

शेर्पालाई पराजित गर्दै मछिन्द्र लिग तालिकाको शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साबिक विजेता मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा २–० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो ।

शनिबारको खेलमा शेर्पाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रले सेटपिसमा पर्याप्त गोलका स्पष्ट मौका बनाएको थियो । आक्रामक शैलीमा मैदानमा उत्रिएको मछिन्द्रले २९औं मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिएको थियो । नुरेन करिमले करिब ४० यार्डबाट प्रहार गरेको फ्रि–किकमा पेनाल्टी एरिया भित्र रन बनाएर सुनिलले सहज फिनिस गरेका थिए ।

पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा पनि शेर्पामाथिको दबाब कायमै राखेको थियो । मछिन्द्रका मिडफिल्डर विशाल राईले ६८औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेका कर्नर शेर्पाका सुरेश कुमालले क्लियर गर्न सकेनन् । सोही मौकाको फाइदा उठाउँदै मछिन्द्रका अजरबैजानी फरवार्ड नुर्लान नोब्रुजोभले पेनाल्टी एरिया भित्रबाट गोल गर्दै साबिक विजेताको अग्रता दोब्बर पारेका थिए ।

खेलको इन्जुरी समयमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको अग्रता ३-० अन्तरको बनाए । वैकल्पिक खेलाडी रूपमा मैदान छिरेका विमलको जारी लिगमा पहिलो गोल हो ।

सुरुआतदेखि नै शेर्पामाथि लगातार आक्रमण गरेको मछिन्द्रले गोलका थुप्रै अवसर सृजना गरे पनि स्कोरमा कन्भर्ट गर्न सकेन । मछिन्द्रका फरवार्ड नुर्लान नोब्रुजोभले ११औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

रञ्जित धिमालले दायाँतर्फबाट दिएको लामो पास शेर्पाका डिफेन्डरले जर्ज गर्न नसक्दा नुर्लानले आक्रमणको मौका पाएका थिए ।

शेर्पाका मिडफिल्डर बिसोन गुरुङले २१औं मिनेटमा मछिन्द्रका विङ्गर सुनिल बलमाथि पेनाल्टी एरिया अगाडि फाउल गरेपछि फ्रि–किक पाएको थियो । सुनिलले २२औं मिनेटमा फ्रि–किकमार्फत गरेको प्रहार शेर्पाका गोलकिपर दीप कार्कीले पन्चआउट गरेका थिए ।

मनिष डाँगीले ३३औं मिनेटमा शेर्पाका तीन डिफेन्डरलाई बिट् गर्दै पेनाल्टी एरिया भित्रबाट दिएको सुन्दर क्रसमा सुनिल ट्याप इन गर्न असफल भए । सुनिलले ६ यार्ड बक्सबाट भित्रबाट गरेको प्रहार ट्याप इन गर्न नसक्दा मछिन्द्र अग्रता दोब्बर बनाउन नजिक पुरेर चुकेको थियो ।

पहिलो हाफभर मछिन्द्रको दबाबमा रहेको शेर्पाका सुरेश कुमालले ४७औं मिनेटमा बायाँ तर्फबाट गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पञ्च आउट गरिदिएका थिए ।

पहिलो चरणमा न्युरोड टिम (एनआरटी) विरुद्ध २–१ को जित निकालेको मछिन्द्र दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै, तेस्रो खेलमा जावलाखेल यूथ क्लबलाई २–० को नतिजामा पराजित गरेको थियो ।

पहिलो चरणमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको शेर्पा दोस्रो चरणमा मनाङ मर्स्याङदी क्लबसँग १–० गोलको नतिजामा पराजित भएको थियो । यस्तै, तेस्रो चरणमा नेपाल पुलिस क्ल्बसँग १–१ गोलको बराबरी खेलेको थियो । जितसँगै मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ ।- न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार