असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो ।

प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई रु एक लाख ५०५, द्वितीय हुनेलाई रु ५० हजार ५०५ र तृतीयलाई रु २५ हजार ५०५ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ । वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाउनुभयो ।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले खेलकुदले ठाउँको पहिचान गराउनुका साथै देशको नामसमेत प्रख्यात गराउन सहयोग पु¥याउने भएको हुँदा यस्ता किसिमका प्रतियोगितामा गाउँपालिकाले संयोजन गरेको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार