असार २४, २०८२ मंगलबार July 8, 2025

प्रदेश नं २ को प्रदेशसभा बैठक बुधवारका लागि आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लामो समयपछि प्रदेश नं २ को प्रदेशसभा बैठक बुधवारका लागि आह्वान गरिएको छ । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन बुधवार बिहान ११ बजेको लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन लम्बिएका कारण काँग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौँमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । प्रदेशसभाको आठौँ अधिवेशनबाट प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया