श्रावण ३, २०८२ शनिबार July 19, 2025

रामचन्द्रसहित दर्जन बढी नेताको राजनीतिक यात्रा सङ्कटग्रस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनसँगै काग्रेसका एक दर्जनभन्दा बढी नेताहरूको राजनीतिक भविष्य सङ्कटमा परेको देखिएको छ।

चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने मौका पाएकै भए पनि पराजित भएर रामचन्द्र पौडेलको राजनीतिक यात्रामा पूर्णविराम लाग्ने निश्चित थियो ।

उम्मेदवार बन्ने रहर समेत पूरा नभइ रामचन्द्र पौडेलको राजनीति सकिएको छ । काङ्ग्रेसमा अब पौडेलको भूमिका नमागिएको सुझाव दिने र कहिलेकाहीँ सञ्चारमाध्यमहरूमा देखापर्ने मात्र हुनेछ ।

सभापति, उपसभापति र महामन्त्रीको जिम्मेवारी लिन योग्यता पुगेका अन्य नेताहरूको राजनीतिक भविष्य पनि सङ्कटमा परेको छ र, कतिपयको पन्ध्रौँ महाधिवेशनताका सामान्य चर्चासमेत नहुने स्थिति बनेको छ ।

राष्ट्रिय राजनीतिको अन्य सामान्य भूमिकामा आफ्नो अस्तित्व कायम राख्नसके पनि काङ्ग्रेसको आन्तरिक राजनीतिमा धेरै नेताहरू ‘ढुण्डिराज’ बन्ने सम्भावना छ ।

प्रदीप गिरीको राजनीति यसै अधिवेशनबाट सकिएको छ । डा. रामशरण महत, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की र अर्जुन नरसिंह केसीले पार्टीको उच्चपदीय जिम्मेवारी प्राप्त गर्ने सम्भावना क्षीण भएको छ ।

डा. शशाइक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, दिलेन्द्रप्रसाद बढ़, दिलबहादुर घर्ती, बलबहादुर केसी र आनन्द ढुङगानालगायतका नेताहरूको पन्ध्र महाधिवेशनमा खोजी नहने अवस्था छ ।

चौधौं महाधिवशेनको कार्यकालभर सानातिना भूमिका निर्वाह गरेर समय बिताउन पाइए पनि त्यसपछि उहाँलाई पूर्वमहामन्त्री तारानाथ रानाभाटलाई के विसने सम्भावना बढेको छ ।

उहाँहरूको विकल्पमा कस्ता मानिस खडा गरिएलान भन्ने जिज्ञाशा पनि यसैसाथ प्रकट हुन सक्छ ।

शेरवहादुर देउवाको दोस्रो कार्यकालमा उहाँले आफ्ना उत्तराधिकारीहरूको सेटिङ गर्ने र त्यसमा अवरोध पैदा गर्ने क्षमता भएकाहरूलाई तारानाथ रानाभाट र खुमबहादुर खड्कालाई भै पन्छाइन सक्ने प्रवल सम्भावना छ ।

देउवाले आफ्नो उत्तराधिकारीका रूपमा आरजु राणालाई स्थापित गर्ने र उहाँको यस्तो इच्छामा बाधक नबन्ने नेताहरूले मात्र ‘स्पेस’ पाउने देखिएको छ । घटना र बिचारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया