असार २८, २०८२ शनिबार July 12, 2025

शिक्षक र विद्यार्थीलाई कोरोना देखिएपछि विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई कोरोना पुष्टि भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो ।

५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । शुक्रबारदेखि ७ पुससम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

थप विद्यार्थीमा संक्रमण फैलन नदिनलाई शुक्रबारदेखि विद्यालय बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताए । संक्रमितको ट्राभल हिस्ट्री भेटिएको उनले बताए । ‘घान्द्रुक शैक्षिक भ्रमणमा गएर फर्किएका एक विद्यार्थीलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । उनको सम्पर्कमा रहेका शिक्षक र विद्यार्थीको परीक्षण हुँदा अन्य आठ जना थपिए’, उनले भने । संक्रमित आठ जनामा भने लक्षण नदेखिएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्रबारसम्म जिल्लामा ११ जना मात्र कोरोनाका सक्रिय संक्रमित छन् । जिल्लामा कोरोना संक्रमण घटेर सक्रिय संक्रमितको संख्या तीन जनामा झरेको थियो । यो साता फेरि संक्रमित बढेका छन् ।

दोस्रो लहरको कोरोना सुरू भएपछि वैशाख यता मात्र जिल्लामा पाँच हजार ३६२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २२२ जना निको भएको तथ्याङ्क छ । १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लाका ६५ हजार ८३८ जनाले कोरोना विरुद्धको पुर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बताए । उनका अनुसार २० हजार ३७८ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार