असार २६, २०८२ बिहिबार July 10, 2025

स्पेनिस ला लिगा: बार्सिलोना विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इल्चेलाई ३–२ अन्तरले पराजित गरेको छ । शनिबार राति नोउ क्याम्पमा भएको खेलमा जाभी होर्नाण्डेजको बार्सिलोनालाई जिताउँन फेरान जटग्ला , गाभी र निकालोस गोन्जालेजले एक एक गोल गरे । भ्रमणकारी टोली इल्चेको लागि जस मोरेन्ट र पेरे मिलाले गोल गरे ।

साँतौ जित निकाल्ने क्रममा बार्सिलोनाले सुरुआती २ गोल गरेको थियो । त्यसपछि इल्चे खेलमा फर्किएपनि गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए ।

जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक सहित साँतौं स्थानमा छ ।  इल्चे समान खेलबाट १५ अंक सहित १६ औं स्थानमा छ ।

यता, शनिबार राति नै भएको खेलमा एट्लेटिको मड्रिड सेभियासँग २–१ अन्तरले पराजित भयो । घरेलु मैदानमा सेभियाको जितमा इभान राकिटीक र लुकास ओकाम्पोसले गोल गरे भने एट्लेटिकोको लागि फिलिपे सान्त्वना गोल गरे ।

जितसँगै सेभिया १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा छ भने २९ अंक बनाएको एट्लेटिको पाँचौं स्थानमा छ । ला लिगामा ४२ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया