असार २६, २०८२ बिहिबार July 10, 2025

आजदेखि सिरिजंगा गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले प्रथम अध्यक्ष कप अन्तर्पालिका भलिबल प्रतियोगिता सञ्चालन गर्दैछ । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुने खेलमा जिल्लाका नौ स्थानीय तहबीच प्रतियोगिता हुने सिरिजंगा गाउँपालिकाले जनाएको छ ।

आज पहिलो खेल १२ बजेदेखि सञ्चालन हुनेछ । पहिलो खेल मैवाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकाबीच प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ ।

दोस्रो आठराई त्रिवेणी र फक्ताङलुङ गाउँपालिका प्रतियोगिता हुनेछ । तेस्रो सिदिङवा र सिरिजंगा गाउँपालिकाबीच प्रतियोगिता हुने गाउँपालिकाका सूचना अधिकारी भुपेन्द्र बुढाथोकीले बताए ।

प्रतियोगिताका विजेताले ३ लाख ३३ हजार ३३३ रुपैयाँ नगदका साथ सिरिजंगा लिपि अंकित २ सय ६५ तोला चाँदीको रनिङ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ ।

उपविजेता टिमले नगद १ लाख ५१ हजार १५१ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगितामा तेस्रो र चौथो हुने टिमले सान्त्वना पुरस्कार स्वरुप ५५ हजार ५५५ रुपैयाँका दरले नगद तथा ट्रफी,मेडल र प्रमाणपत्र भएका पाउने छन् ।

प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा अन्य विधागत खेलाडीलाई जनही नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । -न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया