असार २३, २०८२ सोमबार July 7, 2025

२२ वर्ष कारागारको सजाय सुनाइएकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कले पाइन् माफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिने घोषणा गरेको छ । पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा ६९ वर्षीया पार्कलाई सन् २०१८ मा त्यहाँको संसदले महाअभियोग लगाएको थियो ।

संसदले महाअभियोग लगाएपछि पदच्युत भएकी उनलाई अदालतकाे कठघरमा उभ्याइएकाे थियाे । महाअभियाेग लगाएर पदच्युत हुने उनी प्रजातान्त्रिक ढंगले निर्वाचित दक्षिण कोरियाकै पहिलो नेतृ हुन् । काँध तथा तल्लो कम्मरमा पीडा भएपछि यस वर्ष मात्र उनी तीन पटक अस्पताल भर्ना भएकी छिन् ।

राष्ट्रपति मुन जाय इनले नयाँ वर्षको अवसरमा माफी दिन तयार पारेको सूचीमा पूर्वराष्ट्रपति पार्कको नाम पनि रहेको त्यहाँको योनहाप समाचार संस्थाले जनाएको छ । उनको कमजोर स्वास्थ्य अवस्थाका कारण क्षमा दिने तयारी भएको समाचारमा जनाइएको छ ।

पार्कमाथि १८ आरोप लगाएको थियो । तीमध्ये १६ आरोपमा अदालतले पार्कलाई दोषी ठहर गरेको थियो । यसअघि राष्ट्रपति मुनले उनलाई पार्कलाई क्षमाको कुनै सम्भावना नभएको बताएका थिए । यस्तै, दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री हान मायोङ सुकलाई पनि माफी दिइएको छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार