असार २६, २०८२ बिहिबार July 10, 2025

मनाङ र मछिन्द्रको महाभिडन्त खेल फिफा रेफ्री प्रज्वलले खेलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत  एएफसी छनोटको रुपमा हेरिएको मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीचको ‘महाभिडन्त खेल’ फिफा रेफ्री प्रज्वल क्षेत्रीले खेलाउने भएका छन् ।

शनिबार तय दोस्रो खेलमा युवा फिफा रेफ्री प्रज्वल क्षेत्री रेफ्रीको भूमिकामा रहँदा सहायक रेफ्रीमा फिफा नानिराम थापा र शुक्र तामाङ रहने छन् । यस्तै फोर्थ रेफ्रीमा कबिन ब्यन्जनकार रहने रेफ्री स्रोतले न्युज कारखानालाई बतायो ।

यसअघि रेफ्री बिभागले तुफान कुमार लिम्बुलाई सहायक रेफ्रीको भूमिका दिए पनि उनको नाम काटेर अन्तिममा नानीरामलाई जिम्मेवारी दिइएको हो । धनकुटाका तुफानले पहिलो पटक पोखरामा नेपाल पुलिस र मनाङको खेल खेलाउदै शीर्ष डिभिजनमा डेब्यू गरेका थिए ।

प्रज्वल र कबिन फिफा रेफ्री हुन् भने नानीराम फिफा सहायक रेफ्री हुन् । यता शुक्र भने ए श्रेणीका राष्ट्रिय सहायक रेफ्री हुन् । पछिल्लो समय क्लबहरुले बिना अनुभव रेफ्रीलाई खेल खेलाउन दिँदा खेलनै बिग्रिएको भन्दै गुनासो गरेका थिए । जसमा एन्फा विभाग सतर्क रह्यो ।

यसपटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौं चरणमा शीर्ष स्थानमा रहदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ ।

जारी लिगमा मछिन्द्रलाई २ अंकले पछि पार्दै मनाङ शीर्ष स्थानमा छ ।  साझ हुने पौने ५ बजेको खेलमा भिड्दै छन् मनाङ र मछिन्द्र । दुबै टोलीको लक्ष्य खेल जित्दै तीन अंक जोड्ने हुनेछ ।

आजको जितले मनाङ शीर्षस्थानमा रहँदै एएफसी कपमा छनोट हुनेछ । यदि मछिन्द्रले जिते सातौं चरणको खेलले छनोट पुग्ने टोलीको निर्णय गर्नेछ । न्यूज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया