असार २३, २०८२ सोमबार July 7, 2025

टर्की र कतारद्वारा तालिवानसँग काबुलको विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले  जनाएको छ ।

उक्त वार्ता  प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन् । “दोहा र अंकाराले संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत भएका छन्,” स्रोतहरूले भने।

टर्की-कतारी प्रतिनिधिमण्डलले संयुक्त कार्यलाई निरन्तरता दिन छिटै काबुल भ्रमण गर्ने पनि स्पुतनिकले रिपोर्ट गरेको छ ।

यसअघि अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भइसकेपछि कतारको प्राविधिक टोलीले काबुल अन्तरराष्ट्रिय विमानस्थल मर्मत गरेको थियो ।

अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानभरि अन्तरराष्ट्रिय र स्थानीय उडानहरू स्थगित गरिएको थियो । रासस-एएनआइ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार